मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिउँदे वर्षा पोहोरभन्दा चौबर

ekantipur.com · Sat Feb 05 01:02:42 GMT 2022

काठमाडौँ — सामान्यतया डिसेम्बरदेखि फेब्रुअरीसम्म (हिउँदमा) देशभर औसत ६०.९ मिलिमिटर वर्षा हुनुपर्छ । फेब्रुअरी ४ (शुक्रबार) सम्म ५७.७ मिमि वर्षा भएको छ । शनिबारसम्मै वर्षा हुने मौसमविद्हरूले आकलन गरेका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको शक्तिशाली प्रभावका कारण शुक्रबार बिहानैदेखि देशभर वर्षा भइरहेको छ । अहिलेसम्मको तथ्यांकअनुसार यो हिउँदमा गत वर्षको हिउँदमा भन्दा झन्डै चार गुणा वर्षा भइसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गत वर्षको हिउँदमा जम्मा १५.४ मिमि मात्र वर्षा भएको थियो । अहिले देखिएको मौसमी प्रणाली शनिबार दिउँसोदेखि हट्दै जाने मौसमविद्हरूले बताएका छन् । ‘शनिबार दिउँसोदेखि यो प्रणाली सकिन्छ र बेलुकीदेखि मौसममा सुधार आउँछ,’ महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘केही दिन मौसम सफा हुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)