दुर्घटनामा ७ भारतीय सैनिकको मृत्यु
ekantipur.com · Fri May 27 16:53:36 GMT 2022
नयाँदिल्ली — भारतको लद्दाखमा सेनाको गाडी दुर्घटना हुँदा ७ सैनिकको मृत्यु भएको छ । १९ जना गम्भीर घाइते भएका छन् ।
लद्दाखको प्रतापपुरस्थित ट्रान्जिट क्याम्पबाट सब सेक्टर हनिफतर्फ गइरहेको २६ सैनिक सवार उक्त गाडी सडकबाट श्योक नदीमा खसेको भारतीय सेनाका प्रवक्ताले पुष्टि गरेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । गाडी सडकबाट करिब ५०–६० फिट तल नदीमा खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)