गंगाले ल्याइन् ‘मै राम्री’
rajdhanidaily.com · Mon Mar 20 23:38:56 GMT 2023
इटहरी । सुनसरीको इटहरीकी गायिका गंगा बिष्ट गायन क्षेत्रमा निकै ब्यस्त बन्दै गएकी छन् । कठिन संघर्षमा यस क्षेत्रलाई निरन्तरता दिँदै आएकी उनको अहिले डा. नवराज लम्सालले रचना गरेको ‘मै राम्री’ बोलको गीत सार्वजनिक भएको छ ।
यो गीत स्रोतमाझ लोकप्रिय बनिरहेको छ । गीतले गंगालाई अझ बढी चिनाउन सहयोग पुर्याइरहेको छ । इटहरीको निशान्त संगीत विद्यालयमा संगीतसम्बन्धी कौशल सिकेर आफनो व्यावसायिक गायन क्षेत्रमा प्रबेश गरेकी उनी काठमाडौंको डिल्लीबजारमा रहेको संगीत पाठशालामा गुरु चण्डिप्रसाद काफ्लेबाट संगीत सिकिरहेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)