मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

प्रहरीमा आन्तरिक छानबिन र कारबाही तीव्र : पाँच महिनामा ८६४ प्रहरीमाथि विभागीय कारबाही

nayapatrikadaily.com · Mon Jan 09 00:37:00 GMT 2023

सीमानाकाबाट मिलेमतोमा तस्करी गराएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई मुख्यालय झिकाएर छानबिन थालेको छ । यसअघि लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको घटनामा पनि एसपी कँडेल विभागीय कारबाहीमा परिसकेका अधिकृत हुन् । तर, गम्भीर घटना भए पनि त्यतिवेला राजनीतिक संरक्षणमा सामान्य कारबाही मात्र भोगेका एसपी कँडेलमाथि यतिवेला विस्तृत छानबिन गरी जिल्ला इन्चार्जबाट हटाउन लागिएको छ ।

दुई साताअघि उनले पैसा असुलेको आरोपमा दुईजना सादा पोसाकमा कार्यरत प्रहरीलाई पक्राउ गरेका थिए । पछि लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्यायको आदेश भन्दै उनीहरूलाई कारबाहीविनै छाडेका थिए । सादा पोसाकमा प्रहरी खटाएर मिलेमतोमा एसपीले नै तस्करी गराउँदै आएको आधार भेटिएपछि उनीमाथि विस्तृत छानबिन अघि बढेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)