एमसीसी सरगर्मी : स्वाभिमानमा प्रहार कि समृद्धिको वहार ?
rajdhanidaily.com · Mon Sep 06 23:27:17 GMT 2021
अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउने खबरसँगै एमसीसीका सरगर्मी ह्वात्तै बढेको छ । हुन त सरकारले विवादित विषयलाई सूचीकरण गरी वासिंटन डीसीस्थित एमसीसी मुख्यालयमा ११ बुँदे सूचीसहित पत्राचार गरिसकेको छ । यसमा एमसीसी नेपालको संविधानभन्दा माथि रहे नरहेकोदेखि इन्डो–प्यासिफिक रणनीति, अमेरिकी सुरक्षा घेराको सवाल, लेखापरीक्षण, सार्वभौमिक हक र राष्ट्रिय हितका सन्दर्भ समावेश छन् ।
यद्यपि, अफगानीस्तानी द्वन्द्व, सत्ता परिवर्तन र अमेरिकी प्रभाव प्रकरणलाई नेपालमा एमसीसी सम्झौतासँग जोडेर हेर्न थालिएको छ । यो राष्ट्रिय सहमति र स्वाभिमानसँग जोडिएको दीर्घकालीन एजेन्डा हो । करिब २० वर्ष तालिम दिइएका ३ लाख हाराहारीको सेनाका अघि ७५ हजारको संख्यामा रहेका तालिवानको विजय हुनुको अन्तर्यको चिन्तन छ एकातिर यो शीतयुद्धको चुनौती हो या नवउदारवादको भाष्य † अर्को गहन प्रश्नले नेपाली मथिंगल रिंगिएको छ । सत्तागठबन्धन चाहिँ एमसीसी अनुमोदनको गृहकार्यमा जुटेको देखिन्छ तर पक्षविपक्षका मत त्यहाँ पनि छन् । गृह मन्त्रालयले एमसीसीबारे सकारात्मक कुरा मात्र सम्प्रेषण गर्ने भन्ने अभिप्रायको फर्माइस जारी गरेको छ । यहाँ एकातर्पm धेरै अनलाइन सञ्चार माध्यमले अपुष्ट समाचार लेख्ने भयलाई छेकिएको हो कि जनताले यसबारेमा, सार्वभौमसत्ता र स्वाभिमानबारे वाक् स्वतन्त्रतामा ताल्चा मारिएको बुझ्न गाह्रो देखिन्छ । जनताले यस्तो विषयमा जान्न पाउनुपर्छ भन्ने कुरा कुनै राजनीतिक आग्रह र प्रतिशोधभन्दा माथिको सवाल हो । नेपालले पाठ सिकोस् । अफगानिस्तानी घटना आन्तरिक अन्तरविरोधको परिणामको प्रतिफल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)