‘बिल्डिङ इनर्जी इफिसियन्सी’ परियोजना शुरू
abhiyandaily.com
काठमाडौँ । नयाँ भवनको डिजाइन, निर्माणका साथै पुराना भवनको प्रबलीकरणमा ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाका उपायलाई एकीकृत गरी भवन निर्माणमा न्यून कार्बन र स्रोतको दक्षता हासिल गर्ने उद्देश्यले ‘बिल्डिङ इनर्जी इफिसियन्सी’ परियोजना शुरू भएको छ ।
मंगलवार आयोजित कार्यक्रममा शहरी विकासमन्त्री मेटमणि चौधरी र नेपालका लागि यूरोपेली संघका राजदूत नोना डेप्रेजले उक्त परियोजना संयुक्त रूपमा शुभारम्भ गरे । यूरोपेली संघअन्तर्गतको स्वीच एशिया कार्यक्रमले सो परियोजनालाई सहयोग गरेको छ । बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराई, पहाड, हिमाली र उच्च हिमाली क्षेत्रका ६० नगरपालिकामा उक्त परियोजना लागू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)