मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

माइकल चेकभ विधि फैलाउँदै लिजा डाल्टन

rajdhanidaily.com · Thu Apr 06 23:28:22 GMT 2023

काठमाडौं । श्रीलंका, भारत, नेपालका रंगकर्मीहरू यति बेला काठमाडौंमा छन् । उनी नेपाली कलाकारलाई रंगकला सिकाउन काठमाडौं आएका हुन् । उनीहरूलाई रंगकला सिकाउन ७० वर्षकी हलिउड प्रशिक्षक लिजा डाल्टन नेपाल आइपुगेकी छन् । लिजा रंगकर्मी माला पावरकी विद्यार्थी हुन् । माइकल चेकभको कला विधि उनले सिकाउँदै छिन् । चेकभले कसैलाई नबताएको केही गोप्य कुरासमेत माला पावरसँग थियो । यो विधि फैलाउने क्रममा उनी धेरै देशमा पुगिसकेकी छन् ।

तीज जना रंगगकर्मीले २२ दिन काठमाडांैमा तालिम लिनेछन् । तालिमपश्चात् निर्देशक टंक चौलागाईंले ‘खोल खोल चकलेटको खोल’ नाटक निर्देशन गर्ने छन् । सोही नाटक असार महिनामा नियमित मञ्चन हुने छ । लिजा पोखरा थिएटरमा दोस्रो चरणको तालिम सञ्चालन गर्न पोखरा जाने छिन् । माइकल चेकव विधिलाई नेपाल ल्याउन रंगकर्मी टंक चौलागाईंले पहल गरेका हुन् भने स्कुल थिएटर नेपाल र नेपाल फिल्म क्याम्पसले यो कार्यक्रम आयोजना गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)