दुर्गाप्रसाद प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
barnanmedia.com · Tue May 19 22:57:48 GMT 2026

पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी तथाराष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा तीन दिन म्याद थप गरेर अनुसन्धान गर्न पर्सा प्रहरीले मंगलबार अदालत पेश गरी म्याद थप गराएको हो। संयोजक प्रसाईंलाई प्रहरीले सोमबार राति वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलबाट ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)