मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्सामा तीन लाख ५१ हजार ६२८ मतदाताको नाम अद्यावधिक

barnanmedia.com · Thu May 22 21:39:43 GMT 2025

जिल्ला निर्वाचन कार्यालय पर्सामा आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्म मतदाता नामावली अद्यावधिक गर्नेको सङ्ख्या तीन लाख ५१ हजार ६२८ जना पुगेको छ । कार्यालयका प्रमुख अनामिका रौनियारले पर्सामा सबैभन्दा धेरै मतदाता वीरगञ्ज महानगरमा रहेको जानकारी दिनुभयो ।

“महानगरमा एक लाख ३२ हजार ३९३ जना मतदाता रहनुभएको छ”, उहाँले भन्नुभयो, “महानगरमा पुरुष मतदाता सङ्ख्या ७५ हजार १६९ रहेको छभने महिला मतदाताको सङ्ख्या ५७ हजार २२० जना रहेका छन् ।” कार्यालयका अनुसार पछिल्लो समय महिलाहरू मतदाता नामावलीमा आफ्ना नाम राख्न इच्छुक हुँदै गइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)