आजदेखि कक्षा १२ को परीक्षा शुरू, पौने ४ लाख विद्यार्थी, ४ हजार ३१५ होम सेन्टर
newsofnepal.com · Wed Sep 15 00:59:44 GMT 2021
ईश्वरराज ढकाल, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले आज बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गर्दै छ । दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हँुदै छन् । परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो । पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिनअघि साउन २३ गते परीक्षा स्थगित गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)