मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रिटायर्डको भोलिपल्टै नियुक्ति खान नपाइने भएपछि सिंहदरबारमा मुख्यसचिव र सचिवहरूको जात्रा

barnanmedia.com · Thu May 22 22:53:40 GMT 2025

नेपालमा निजामती कर्मचारीको दादागिरी कतिसम्म छ भन्ने उदाहरण कुलिङ पिरियडले स्पष्ट देखाएको छ। २८, ३० वर्ष सरकारी जागिर खाई रिटायर्ड भएको भोलिपल्ट नियुक्ति खान्छन्। अझ सरकारी मात्र होइन, सचिव, मुख्यसचिव छँदा काम गरिदिएबापत एनजिओ, आइएनजिओ र निजी क्षेत्रका संस्थामा पनि भोलिपल्टैबाट जागिर खान्छन्। त्यसैले नेपालमा सार्वजनिक संस्थालाई निजामतीको क्बल भनिन्छ भने एनजिओ, आइएनजिओमा जागिर सुरक्षित गर्नकै लागि सहसचिव, सचिव र मुख्यसचिव भएकै बखत नाजायज काम पनि हुने गरेको छ।

यही विकृति रोक्नका लागि हो, प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट २ जेठमा सर्वसम्मतिले पारित भएको निजामती सेवा विधेयकमा २ वर्षको कुलिङ पिरियड राखिएको थियो। यसको अर्थ अवकाश पाएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक र राजनीतिक नियुक्ति नपाउने भन्ने हो। संसदबाट विधेयक पारित हुन बाँकी रहेकाले अहिले मुख्यसचिव एकनारायण अर्याल र सचिवहरू सिंहदरबारमा जात्रा देखाइरहेका छन्। जात्रा जनताको कामका लागि होइन, सरकारी जागिरबाट रिटायर्ड भएकै भोलिपल्ट फेरि अर्को आकर्षक जागिर चाहियो भनेर। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवामार्फत राज्यव्यवस्था समितिलाई दबाब दिन लगाए। त्यतिले नपुगेर सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई पनि बिहीबार नै भेटेका छन्। मुख्य सचिव एकनारायण अर्याल, संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेय, कानुन सचिव उदयराज सापकोटा, श्रम सचिव कृष्णहरि पुष्करलगायत २० भन्दा बढी सचिव बिहीबार दिनभर दौडधुपमा थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)