प्रधानमन्त्री एकाएक किन हौसिए ?
rajdhanidaily.com · Thu May 22 23:16:02 GMT 2025

काठमाडौं । निर्यातमा झण्डे ७३ प्रतिशतको वृद्धि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली दंग पाइएको छ । उनले सामाजिक सञ्जालमा ‘इतिहास रचेको र नेपाली उत्पादन विदेशतिर’ भन्दै प्रचारसमेत गरेका छन् । मुलुकको अर्थतन्त्र ‘सकारात्मक बाटोमा लैजाँदै गरेको’ उनको जिकिर छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार प्रधानमन्त्रीले ‘बितेका १० महिनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको’ उल्लेख गर्दै ‘मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा डोहोरिरहेको’ बताएका छन् । ‘मेड इन नेपाल मेड फर वल्र्ड’ भनेर प्रचार गरे पनि नेपालको निर्यात व्यापार भने उनले भनेजस्तो सन्तोषजनक भने छैन । निर्यात व्यापार बढे पनि व्यापार घाटा उस्तै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)