सुर्खेत विमानस्थलको रनवेमा पानीको खाल्डो
rajdhanidaily.com · Thu May 22 23:28:30 GMT 2025

सुर्खेत । सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा जमिनमुनीबाट पानी निस्किएपछि शनिबारसम्मका लागि उडान बन्द गरिएको छ । सुर्खेत नागरिक उड्डयन कार्यालयका अनुसार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेपछि मंगलबारदेखि उडान बन्द गरेर मर्मत थालिएको थियो ।
रनवेको खाल्डो पुर्ने काम भइरहेको बेला सोही दिन पुनः नजिकै जमिनमुनिबाट पानी निस्किन थालेपछि शनिबारसम्मका लागि उडान बन्द गर्नुपरेको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)