मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानको गुप्तचर नेपाली एजेन्सी भारतमा पक्राउ !

barnanmedia.com · Thu May 22 23:29:09 GMT 2025

दिल्ली प्रहरीले गएको जनवरीदेखि मार्चसम्म सञ्चालन गरेको एउटा गोप्य अभियानले पाकिस्तानको जासूसी सेलको नेटवर्क फेला पारेको छ। भारतीय टेलिभिजन नेटवर्क एनडिटीभीका अनुसार जासूसी कार्यका लागि उपयोग हुने ‘स्लीपर सेल’का दुई कार्यकर्ताहरुलाई नेटवर्क पछ्याउने क्रममा फेला पारेको र ती दुईमध्ये एक नेपाली नागरिक रहेको समाचारमा जनाइएको छ ।

पक्राउ परेका दुईमध्ये एक अन्सारुल मिया अन्सारी नेपाली नागरिक रहेको दाबी गरिएको छ । उनले भारतीय सेनाका बारेमा गोप्य कागजातहरू बनाएको र ती कागजातहरू दिल्ली प्रहरीले फेला पारेको बताइएको छ । ती सूचना पाकिस्तानी जासूसी संस्था आईएसआईका लागि तयार पारिएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)