तीन रक्तसमूहलाई कोभिडको उच्च जोखिम
newsofnepal.com · Sun Oct 01 23:40:02 GMT 2023
कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको विकासले गर्दा अझै विश्वभर त्रासको वातावरण छ । प्रायः मुलुकका सरकारले कोरोना भाइरसको बारेमा विभिन्न दिशानिर्देशसमेत जारी गरेका छन् । यसै बीच भारतमा यससम्बन्धी एक अध्ययन भएको छ । यस अध्ययन अनुसार केही निश्चित रक्तसमूह भएका व्यक्तिहरूमा कोरोनाको जोखिम बढी हुने पाइएको छ ।
दिल्लीको सर गंगाराम अस्पतालले गरेको अध्ययनमा यो खुलासा भएको हो । यस अध्ययन अनुसार ए ब्लड ग्रुप, बी ब्लड ग्रुप र आरएच पोजिटिभ भएका मानिसमा कोरोनाको जोखिम बढी हुन्छ । तर एबी ब्लड ग्रुप, ओ ब्लड ग्रुप र आरएच नेगेटिभ भएकाहरूलाई कोरोनाको जोखिम कम हुन्छ । यसबाहेक अध्ययनबाट कोरोनाको बारेमा अन्य धेरै महत्वपूर्ण कुराहरू पनि जानकारीमा आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)