मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बागमतीले हरायो आयोजकलाई

nayapatrikadaily.com · Fri Nov 24 00:46:00 GMT 2023

बागमती प्रदेशले प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा जित निकालेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा पोखरामा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको खेलमा बागमतीले आयोजक एकेडेमीको रातोलाई १०९ रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा सात विकेट गुमाउँदै १८४ रनको योगफल तयार गर्‍यो । प्रत्युत्तरमा आयोजक रातोले १४.२ ओभरमा अलआउट हुँदै स्कोर बोर्डमा ७५ रन जोड्यो ।

बागमतीका म्यान अफ दी म्याच रित गौतमले ५३ बलमा ७४ रनको योगदान दिए । उनले आठ चौका र तीन छक्का प्रहार गरे । बागमतीका शुभ कंसाकारले २२ बलमा २७ रन जोड्न चार चौका र एक छक्का हिर्काए । बागमतीका कप्तान सन्दीप लामिछानेले चार बलमा तीन छक्काको सहयोगमा १८ रन बटुले । गौरव खड्काले १७ र प्रतीक श्रेष्ठले १४ रन जोडेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)