तीन करोड लगानीमा वेङक्वेट सञ्चालन
karobardaily.com · Thu Apr 15 18:31:58 GMT 2021
कञ्चनपुरको बेदकोट नगरपालिका–७ स्थित भुडामा तीन करोड रुपैयाँको लगानीमा वेङक्वेट सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसर पारेर कञ्चन वेङक्वेट प्रा.लिले ७ कट्ठा क्षेत्रफलमा वेङक्वेट सञ्चालनमा आएको हो । तीन जनाको सामुहिक लगानी रहेको उक्त वेङक्वेट विशेष गरेर विवाह, पार्टी, ब्रतवन्धलगायतका कार्यहरुका लागि लगानी गरेर खोलिएको वेङक्वेटले जनाएको छ ।
जिल्लामै सार्वाधिक ठूलो लगानीको पार्टी प्यालेस भने यसअघि सञ्चालनमा आएको थिएन । बजार क्षेत्र नभएर गाउँघर सँगसँगै बजारको क्षेत्रलाई पनि बजार विस्तार गर्ने उद्देश्यले वेङक्वेट सञ्चालनमा ल्याएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)