केपी ओलीले गुमाए ३३ सांसदको साथ, माधव समुह पनि विभाजित
nepalghatana.com · Sun Jul 18 17:32:12 GMT 2021
नेकपा एमालेमा केपी ओली पक्षका सांसदले देउवालाई मत दिने अपेक्षा नै थिएन । अर्कोतर्फ माधव नेपाल पक्षका सांसदले देउवालाई मत नदिने अपेक्षा थिएन । तर, आइतबार राति प्रतिनिधि सभामा मतदान दिँदा ओली पक्षका ८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका छन् ।
त्यस्तै माधव नेपाल समुहमा रहेका ८ सांसद तटस्थ बसेका छन् । बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले विश्वासको मत दिँदा नेपाल पक्षका १० जना सांसद भने मतदान बहिस्कार गरेर हिडेका छन् । योगेश भट्टराई, गोकर्ण विष्ट र राजबहादुर बुढाबाहेक अरुले देउवाको पक्षमा हस्ताक्षर गरेर राष्ट्रपति र अदालत समक्ष गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)