नेपालको नक्सालाई सम्मान गरियोस् : परराष्ट्र मन्त्रालय
nayapatrikadaily.com · Sat Sep 02 00:27:00 GMT 2023
नेपालले २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले पारित गरेको राजनीतिक र प्रशासनिक नक्सालाई सम्मान गर्न चीनलाई आग्रह गरेको छ । शुक्रबार सञ्चारमाध्यमहरूको प्रश्नको जवाफ भन्दै परराष्ट्र मन्त्रालयले पठाएको प्रेस नोटमा नेपालको नक्सालाई सम्मान गर्न छिमेकीहरूलाई आग्रह गरिएको छ । परराष्ट्रले सीधै चीनको नाम भने लिएको छैन । भारतले पनि नेपालको नयाँ नक्सालाई अस्वीकार गरेको छ ।
चीनले सोमबार जारी गरेको नक्सामा नेपालको पश्चिम भूभाग कालापानीदेखि लिम्पियाधुराका भूभाग भारतमा छ । नेपालको चुच्चे नक्सालाई चीनले मान्यता नदिएको भन्दै चीनप्रति नेपालमा तीव्र असन्तोष भएका वेला सरकारले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)