मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

ratopati.com · Sat Jul 04 04:45:45 GMT 2026

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका धार्मिक तथा पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढेको छ । मुक्तिनाथबाट फर्किने पर्यटकले बागलुङ कालिका मन्दिर, शालीग्राम सङ्ग्रहालय, पञ्चकोटलगायतका स्थल भ्रमण गर्न थालेका छन् ।

कालीगण्डकी करिडोरमार्फत भैरहवाबाट मुक्तिनाथ पुग्ने सडक सञ्चालनमा आएपछि तथा पोखरा आएका पर्यटक बागलुङतर्फ पनि आकर्षित हुन थालेपछि यहाँका होटलमा भारतीय पर्यटकको उपस्थितिसमेत उल्लेख्य रूपमा बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)