दावा लामाको उम्मेदवारी स्थगन गर्ने अन्तरिम आदेशलाई निरन्तरता
onlinekhabar.com · Tue Mar 24 17:37:29 GMT 2026
१० चैत, काठमाडौं । उच्च अदालत पाटनले एन्फा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दावा लामाको उम्मेदवारी स्थगनसम्बन्धी दिएको अन्तरिम आदेश लाई निरन्तरता दिएको छ ।
दिपक खतिवडाले दायर गरेको रिट निवेदनमाथि संयुक्त इजलासमा सुनुवाइ गर्दै अदालतले थप अध्ययन आवश्यक देखिएको जनाएको हो । न्यायाधीशद्वय सूर्यप्रसाद पराजुली र वासुदेव न्यौपानेको इजलासले अन्तरिम आदेशबारे अन्तिम निर्णय लिनुअघि सर्वोच्च अदालतबाट थप विवरण झिकाउने आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)