मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीन–अमेरिका तनावः सभामुख र ताइवानी राष्ट्रपतिबीच भेटवार्ता हुँदै

lokaantar.com · Wed Aug 03 00:55:59 GMT 2022

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पोलोसीले बुधबार ताइवानी राष्ट्रपतिसँग भेटवार्ता गर्दैछिन् । बुधबार बिहान ताइवानी राष्ट्रपति त्साई इंगवेनबीच भेटवार्ता हुने स्थानीय सञ्चारमाध्यामले जनाएका छन् । त्यसपछि भने उनले ताइवान छाड्नेछिन् । यो भ्रमण अमेरिका–ताइवान साझेदारी थप बलियो बनाउने रणनीति रहेको बताइएको छ।

यता पोलोसीको भ्रमणपछि चिढिएको चीनले बुधबारदेखि नै तीनदिने सैन्य अभ्यास गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेनाले ताइवान सीमाक्षेत्र वरीपरी ‘लाइभ फायर’ अभ्यास गर्न लागेको हो । सैन्य अभ्यास हुने क्षेत्रमा गैरसैनिकदेखि जहासम्मलाई प्रवेश निषेध गरिएको चिनियाँ राज्य नियन्त्रित मिडियालाई उदृत गर्दै बीसीसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)