जापान फर्कियाे खेलमा, स्पेनविरुद्ध ६ मिनेटभित्र २ गाेल
nepallive.com · Thu Dec 01 20:05:00 GMT 2022
काठमाडौं– जापान खेलमा फर्किएकाे छ। जापानका लागि रित्सु दाेवानले गाेल गरेका छन्। दाेस्राे हाफमा अतिरिक्त खेलाडीकाे रुपमा प्रवेश गरेका उनले ४७ मिनेटमा गाेल गरेका हुन्। जापानले ५१ मिनेटमा अर्काे गाेल थप्याे। जापानका लागि आवाे तानाकाले गाेल गरे। जापानले दाेस्राे हाफकाे ६ मिनेटमा दुई गाेल फर्काएकाे हाे।
यसअघि पहिलाे हाफकाे ११ मिनेटमा अल्भाराे माेराटाले स्पेनलाई पहिलाे गाेलकाे सफलता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)