मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

संक्रमित सिधै घरतिर

ekantipur.com · Wed Jan 12 00:55:30 GMT 2022

लुम्बिनी — कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको लुम्बिनी प्रदेश तेस्रो लहरमा पनि उही नियतिबाट गुज्रने सम्भावना बढेको छ । यहाँका नाका व्यवस्थित नहुँदा संक्रमित सहजै मुलुक प्रवेश गरिरहेका छन् । संक्रमण पुष्टि भएकालाई नाकामा छुट्टै राख्ने व्यवस्था नहुँदा उनीहरू बस चढेर सिधै घर गइरहेका छन् ।

अघिल्लो लहरमै नाकामा बनाउने भनिएको होल्डिङ सेन्टर नबन्दा समस्या बढेको हो । पहिलो पटक संक्रमण पुष्टि भएपछि ०७६ चैतमा नाकामा जाँच र अस्थायी होल्डिङ सेन्टर निर्माण सुरु गरिएको थियो । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले मास्क लगाए/नलगाएको मात्र हेरेर आएका जति सबैलाई मुलुक प्रवेश गराइरहेका छन् । दैनिक सयौं व्यक्ति ओहोरदोहोर हुने नाका भद्रगोल छ । नाकामै संक्रमण पुष्टि हुने बढेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)