मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

प्रेरक प्रसंग : दुई साधु र तिनको विचार

nayapatrikadaily.com · Wed Aug 09 00:12:00 GMT 2023

कुनै एक गाउँमा दुई साधु एउटै कुटीमा बस्थे । दुवै बिहान–बेलुका गाउँकै दुई अलग–अलग मन्दिरमा पूजाआजा गर्थे । केही समय भिक्षाटन गर्थे । दिनमा मन्दिरपरिसरमा आइपुग्ने भक्तजनसँग कुराकानी गर्थे । साँझमा कुटीमा फर्किन्थे । रुखासुखा खान्थे । यसैगरी उनीहरूको दैनिकी चलिरहेको थियो ।

एक दिन उनीहरू मन्दिरमै भएको समयमा जोडले हावाहुरी चल्यो । केही समयपछि मुसलधारे पानी पनि प¥यो । पानी रोकिएपछि उनीहरू कुटीतिर फर्किए । दिउँसोको हावाहुरी र मुसलधारे पानीका कारण उनीहरूको कुटीको आधा छानो उठाएको थियो । यो देख्दा कुटीमा पुग्ने पहिलो साधु भगवान्सित निकै रिसाए र भने– भगवान् ! तँ जहिल्यै मेरो साथमा गलत गर्छस् । म हरेक साँझबिहान तेरो पूजा अर्चना गर्छु । तेरै नाम जपिरहन्छु । तैपनि, तैँले मेरो कुटीको छानो उडाएर मलाई उठिबास लगाइस् । गाउँमा कैयौँ चोर, डाँका, लुटेरा पनि छन् । तर, तिनको घरमा भने तैँले कुनै विनाश गरेको छैनस् । के तँलाई प्रेम, श्रद्धा र आदर गरेको फल यही हो ?

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)