संकटा झापा गोल्डकपबाट बाहिर
rajdhanidaily.com · Sat Mar 02 23:23:06 GMT 2024
विर्तामोड । राष्ट्रिय टिमको रुपमा परिचित संकटा फुटबल क्लब झापा गोल्ड कपको पहिलो खेलबाटै बाहिरिएको छ । बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशादामा शनिबारबाट सुरु झापा गोल्ड कपको उद्घाटन खेलमा सशस्त्र प्रहरीको विभागीय टोली एपिएफसँग संकटा टाइब्रेकरमा पराजीत भएको हो । टाइब्रेकरमा एपिएफले संकटा क्लबलाई ४–२ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।
निर्धारित समयमा दुवै टिमले गोल नगरेपछि टाइब्रेकरबाट खेलको नतिजा आएको हो । टाइब्रेकरमा एपिएफका सुमन श्रेष्ठ, कुलदीप कार्की, फोडे फोफोना र दिपेश धिमालले गोल गरे । संकटाका यमनबहादुर पुटवर र चन्दन दासले मात्र टाइब्रेकरमा गोल गरे । संकटाका अजित लामाको प्रहार विपक्षी अञ्जल श्रेष्ठले बचाए । संकटाका मौसम सुब्बाको प्रहार पोस्ट लागेर फर्कियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)