मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्

ratopati.com · Wed Apr 02 19:10:00 GMT 2025

काठमाडौं । इन्डियन प्रिमिरय लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले फेरि लय पक्डिएको छ । यसले आफ्नो तेस्रो खेलमा महत्वपूर्ण सफलता हात पार्‍यो । गुजरातले आफ्नो तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ८ विकेटले हराउँदै फेरि लय पक्डिएको हो ।

रोयल च्यालेन्जर्सले गुजरातलाई जितका लागि १७० रनको चुनौति दिएकामा उसले १७.५ अर्थात् १३ बल बाँकी छँदै मात्र २ विकेटको क्षतिमा पार गर्‍यो । गुजरातका लागि जोस बट्लरले अविजित ७३ रन बनाउँदा ओपनर साई सुदर्शनले ४९ रनको योगदान दिए । यस्तै, शेयरफेन रदरफोर्डले अविजित ३० रन बनाउँदा कप्तान शुबमन गिलले १४ रन बनाए । बलिङतर्फ रोयल च्यालेन्जर्सका भुवनेश्वर कुमार र जोश हेजलवुडले एक–एक विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)