अझै ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर
ratopati.com · Tue Mar 24 19:25:53 GMT 2026

काठमाडौँ । नेपालमा ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर रहेको पाइएको छ । मंगलबार विश्व क्षयरोग दिवस मनाइरहँदा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा भुवन पौडेलले नेपालमा बर्सेनि ६७ हजार क्षयरोगका नयाँ बिरामी भेटिने गरेकामा ४२ प्रतिशत उपचार बाहिर रहेको बताए । उनले उपचारको दायराभन्दा बाहिर रहेका बिरामीलाई उपचारमा ल्याउन चुनौती रहेको बताए ।
नेपालमा २०८१/०८२ मा औषधि संवेदनशील क्षयरोगका बिरामी ३९ हजार १५१ जना पहिचान गरिएको थियो । तीमध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र पाँच दशमलव छ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका थिए । उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोसम्बन्धी क्षयरोग र २८ प्रतिशत फोक्सोबाहेकका अङ्गका क्षयरोग देखिएका थिए । यस्तै, औषधि प्रतिरोधी क्षयरोगका बिरामी ६२५ जना रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)