मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मोहम्मद सलाहले गरे लिभरपुल छाड्ने घोषणा

ratopati.com · Tue Mar 24 19:37:59 GMT 2026

काठमाडौँ । लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका छन् । इजिप्टका ३३ वर्षीय अन्तर्राष्ट्रिय खेलाडी सलाहले सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै एनफिल्डमा आफ्नो लामो र सफल यात्रा टुङ्ग्याउन लागेको जानकारी दिएका हुन् ।

आफ्नो भिडियो सन्देशमा उनले भनेका छन्, ‘दुर्भाग्यवश, त्यो दिन आएको छ। यो मेरो बिदाइको पहिलो भाग हो। म यो सिजनको अन्त्यमा लिभरपुल छाड्दै छु।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)