छोरीको जन्मदिनको अवसरमा १० लाख रुपैयाँको बीमा
abhiyandaily.com
काठमाडौं (अस) । कैलालीकी भौनी देवी चौधरीले छोरीको जन्मदिनको अवसरमा १० लाख रुपैयाँको जीवन बीमा गरेकी छन् । गोदावरी नगरपालिका–१ की उनले छोरी रिनाको गुराँस लाइफ इन्सुरेन्सको अत्तरिया शाखामार्फत उक्त रकमको ‘गुराँस जीवन श्री सावधिक तथा आजीवन’ बीमा गराएकी हुन् । फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बीमा गराएको चौधरीले बताइन् । गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखाका प्रमुख गजेन्द्रबहादुर भण्डारीले उक्त किसिमका बचतका कामको सबैले अनुसरण गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)