मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

‘मेरो आनन्दको स्रोत म स्वयं हुँ’

dcnepal.com · Fri Nov 19 00:25:46 GMT 2021

काठमाडौं। आज संसारमा अधिकांश मानिसहरू, विशेषगरी युवापुस्ताहरूमा अध्यात्मप्रति एक प्रकारको एलर्जी रहेको पाइन्छ । यो किन भएको हो भने, आध्यात्मकितालाई त्यस हदसम्म कुरूप रूपमा प्रस्तुत गरिएको छ । मानिसहरूले अध्यात्म भनेको राम्रोसँग नखानु, सडकको छेउमा बसेर भिख माग्नु भन्ने बुझेका छन् । मानिसहरूको बुझाइमा आध्यात्मिकता भनेको दारूण जीवन बाँच्नु, आफैँलाई यातना दिनु अनि सर्वोपरि जीवन–विरोधी हुनु— जे गरेर हुन्छ, जीवनको आनन्द नलिनु अनि सम्भव भएसम्म हरेक तरिकाबाट पीडित बन्नु भन्ने रहेको छ ।

तपाईंको बाहिरी परिस्थितिसँग आध्यात्मिकताको कुनै सरोकार हुँदैन । तपाईं चाहे झुपडीमा बस्नुहोस् वा महलमा, तपाईं आध्यात्मिक हुन सक्नुहुन्छ । झुपडीमा बस्ने वा महलमा बस्ने कुरा तपाईंको रोजाइ हुन सक्छ अथवा सामाजिक र आर्थिक विवशता हुन सक्दछ । तपाईं आध्यात्मिक हुने कुरासित यसको कुनै सम्बन्ध हुँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)