रुकुममा सहमतिमै फेरि सभापति बने ओली
hamrakura.com · Wed Nov 24 00:00:00 GMT 2021
रुकुम। नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेम प्रकाश ओली सर्वसम्मत चयन भएका छन् । नेपाली काँग्रेस रुकुमको सातौ जिल्ला अधिवेशनबाट संस्थापन निकट ओली पुनः सभापति बनेका हुन् ।
२०७२ फाुगनमा सम्पन्न छैठौ जिल्ला अधिवेशनमा भने ओली चुनाव जितेर सभापति बनेका थिए। गत सोमबार अधिवेशनको उद्घाटन पछि सहमति मार्फत नेतृत्व चयन गर्ने भन्दै नेताहरु छलफल केन्द्रित भएका थिए । मंगलबार भएको बन्द सत्रले पनि पूर्व राज्य मन्त्री गोपालजी जंग शाहको नेतृत्वमा सहमतिको लागि एक कार्यदल बनाएको थियो । उक्त कार्यदलले सभापति सहित जिल्ला कार्यसमितिको सहमति निर्वाचन समितिलाई बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)