केयर रेटिङ्गसकाे साधारण सभा आज, २१.०५२% लाभांश पारित हुँदै
arthasansar.com
केयर रेटिङ्गस नेपाल लिमिटेडकाे वार्षिक साधारण सभा आज (कार्तिक ९ गते, मंगलबार) हुँदैछ । कम्पनीकाे भदाै २३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाचाैँ वार्षिक साधारण सभा कार्तिक ९ गते, मंगलबार, केयर रेटिङ्गस नेपाल लिमिटेड, दोस्रो तल्ला, स्टार मल, पुतलीसडक, काठमाण्डौँमा दिउँसाे २:३० बजेबाट सुरू हुनेछ ।
सभामा अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको प्रतिवेदन २०७७/७८ छलफल गरी पारित गरिनेछ । यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको बासलात र सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७०/७९ को लागि लेखापरीक्षक नियक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतकाे प्रस्ताव रहेकाे छ ।।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)