यी अस्पतालमा हुन्छ एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार
baahrakhari.com · Thu Jan 12 01:23:00 GMT 2023
काठमाडौं । एसिड आक्रमणमा परेका व्यक्तिले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्छन् । ‘एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितहरूले निःशुल्क आकस्मिक उपचार सेवा पाउँछन् ।
आकस्मिकपछि थप उपचार भने देशका चारवटा अस्पतालमा मात्र निःशुल्क पाइने स्वास्थ्य तथा जनजसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेका पीडितहरूको निःशुल्क उपचार गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)