अबदेखि निवृत्तिभरण सेवा घरबाटै लिन सकिने
nepalnews.com · Fri Apr 10 17:44:21 GMT 2026

काठमाडौँ । सरकारी सेवा प्रवाहलाई थप सरल, सहज, नागरिकमैत्री र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विकास गरिएको निवृत्तिभरण प्रमाणीकरणसम्बन्धी स्वचालित प्रणाली आजदेखि कार्यान्वयनमा आएको छ।
आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महालेखा नियन्त्रक कार्यालयद्वारा तयार गरिएको ‘ई–पेन्सन प्रमाणीकरण प्रणाली’ को शुभारम्भ गरेका हुन् । यस प्रणालीमार्फत सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी, निजामती, शिक्षक, नेपाली सेना तथा प्रहरीले अब घरमै बसेर आफ्नो निवृत्तिभरणसम्बन्धी सेवा लिन सक्ने भएका छन् । सेवाग्राहीले निवृत्तिभरण व्यवस्थापन कार्यालयको वेबसाइटमार्फत उपलब्ध सेवा प्रयोग गर्न सक्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)