स्थानीयतहमै पहिलो तातोपानीमा कार्य सम्पादन सम्झौता
karobardaily.com · Tue Jul 19 17:15:26 GMT 2022
कर्णाली प्रदेशका ७९ वटा स्थानीय तह मध्य पहिलो स्थानीयतहका रूपमा जुम्लाको तातोपानी गाउँपालिकाले कार्य सम्पादन सम्झौता गरेको छ । चालू आवदेखि लागू हुने गरी तातोपानीले गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई र प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाबीच कार्यक्रम सम्पादन सम्झौता भएको हो ।
पुँजीगत बजेट खर्च बढाउन,गुणस्तरीय विकास गर्न, सेवा प्रवाहलाई चुस्त छिटो छरितो र सहज बनाउन, समयमै योजना सम्झौतादेखि ढिलोमा वैशाख अन्तिममा भुक्तानी दिई सक्न लगायतका नमुना पालिका बनाउने परिकल्पनाका साथ ६ बुदेँ कार्य सम्पादन सम्झौता गरिएको प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)