मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेक्सिकोको विजयी सुरुआत

barnanmedia.com · Fri Jun 12 19:15:00 GMT 2026

अड्चालिस टोली सहभागी भएको विश्वकप फुटबलको इतिहासकै सबैभन्दा ठूलो संस्करण मेक्सिकोको प्रभावशाली जितसँगै सुरु भएको छ । घरेलु समर्थकले खचाखच भरिएको एस्टाडियो एजटेकामा बिहीबार भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । खेलसँगै विश्व फुटबलको महाउत्सव औपचारिक रूपमा प्रारम्भ भएको छ भने आयोजक राष्ट्र मेक्सिकोले उपाधि आकांक्षालाई पनि बलियो सन्देश दिएको छ ।

मेक्सिकोका लागि जुलियन क्विनोन्सले खेलको नवौँ मिनेटमै विश्वकपको पहिलो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभयो । त्यसपछि अनुभवी ३५ वर्षीय स्ट्राइकर राउल जिमेनेजले दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गर्नुभयो । तीन फरक विश्वकप संस्करणका खेल आयोजना गर्ने विश्वकै पहिलो रङ्गशाला बनेको एजटेकामा घरेलु समर्थकहरूले टोलीको प्रदर्शनलाई उत्साहपूर्वक स्वागत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)