अमेरिकी डलरको भाउ सामान्य घट्यो, अरु विदेशी मुद्राको अवस्था कस्तो ?
baahrakhari.com · Tue Mar 24 23:06:09 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (चैत ११)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ सामान्य रूपमा घटेको छ । युरोपियन यूरो, यूके पाउन्ड स्ट्रलिङ, स्वीस फ्रयांकको भाउ भने बढेको छ ।
निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)