फिलिपिन्समा ऊर्जा आपतकाल घोषणा
barnanmedia.com · Tue Mar 24 23:04:06 GMT 2026

मध्यपूर्वमा जारी युद्धको प्रभाव एसियासम्म फैलिँदै जाँदा फिलिपिन्समा ऊर्जा आपतकाल घोषणा गरिएको छ ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यकारी आदेश जारी गर्दै देशको इन्धन आपूर्ति र ऊर्जा स्थिरतामा गम्भीर जोखिम देखिएको बताएका छन् । उनले मध्यपूर्वको अवस्थाका कारण ऊर्जा आपूर्तिमा तत्काल खतरा देखिएकाले राष्ट्रिय ऊर्जा आपतकाल घोषणा गरिएको स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)