मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘विपक्षी तर्साउने र ‘भ्रष्ट’ जोगाउने खेलमा सरकार’

rajdhanidaily.com · Tue Nov 05 23:14:18 UTC 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी छ । तर, त्यसको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीका साथै विपक्षी दलका नेताले सरकारले सत्ता पक्षका भ्रष्टाचारी एवं अपराधीलाई जोगाउने र विपक्षीलाई तर्साउने काम गरिरहेको गम्भीर आरोप लगाइरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सत्ता पक्षका भ्रष्टाचारीलाई जोगाउने गरेको गम्भीर आरोप लगाएका छन् । प्रवक्ता सापकोटाले नामै किटेर नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता एवं संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि अनुसन्धान नभएको र उनीहरूमाथि अनुसन्धान गर्नुपर्नेमा सरकारले मौनता साँधेको आरोप लगाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)