चिनियाँ राष्ट्रपति सी र ताइवानी विपक्षी नेताबीच बेइजिङमा दुर्लभ भेटवार्ता
barnanmedia.com · Fri Apr 10 20:15:01 GMT 2026

चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानको मुख्य विपक्षी दल कुओमिन्ताङ (केएमटी) की नेता चेङ ली–वुनबीच शुक्रबार बेइजिङमा 'दुर्लभ' भेटवार्ता भएको छ। एक दशकयता बहालवाला केएमटी नेताले गरेको यो पहिलो चीन भ्रमण हो।
सन् २०१६ मा ताइवानमा सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) की साई इङ–वेन राष्ट्रपति बनेपछि बेइजिङले ताइवानसँगको उच्चस्तरीय सम्वाद विच्छेद गरेको थियो। साईले 'एक चीन'को अवधारणालाई स्वीकार नगरेपछि बेइजिङ रुष्ट भएको छ। डीपीपी लगायतका दलहरूले चाङको यो भ्रमणको आलोचना गर्दै उनलाई बेइजिङको 'कठपुतली' बनेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)