निको नहुने द्वन्द्वको घाउ
rajdhanidaily.com · Wed Nov 22 23:21:03 GMT 2023
पोखरा । पर्वत कुश्माकी कल्पना सुवेदीका पति अनिल सुवेदी नेपाली सेनामा थिए । ५ मंसिर २०६१ सालमा सुर्खेतको छिन्चु इलाकामा गस्ती जाँदा माओवादीले थापेको एम्बुसमा परेर २६ वर्षीय अनिलको ज्यान गयो । कल्पनाका पति त सधैंका लागि गुमे तर मायाको चिनो २ वर्षीय छोरा प्रवीणको मुख हेरेर बसिन् ।
छोरा पढाउन पोखरा झरेकी उनी सिम्पानी बस्दै आएकी छन् । अहिले प्रवीण २३ वर्ष टेके । कल्पना आफूजस्तै द्वन्द्वपीडित समुदायले आयोजना गरेको एक कार्यक्रममा प्लेकार्ड लिएर मंगलबार रत्नचोकमा उपस्थित भइन् । गहभरि आँसु लिएर उनले भनिन्, ‘आजकै दिन हो, मैले श्रीमान् गुमाएको । बिहान उहाँ (पति)को श्राद्ध थियो । श्राद्ध गरेर अहिले यहाँ आएकी हुँु । आन्दोलन धेरै गरियो तर सरकारले हामीलाई हेरेन ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)