नारायणीमा डल्फिन देखियो
ekantipur.com · Sat Jan 08 17:00:44 GMT 2022
पूर्वी नवलपरासी — नारायणी नदीमा डल्फिन देखिएको पश्चिम चितवन जलपंक्षी गणनाका संयोजक डिबी चौधरीले जनाएका छन् । डुंगाबाट पंक्षी गणना गर्नेक्रममा यसपटक नारायणी नदीको त्रिवेणी ब्यारेजभन्दा केहीमाथि डल्फिन देखिएको हो ।
गणक टेक महतोले गण्डक ब्यारेजबाट २ किलोमिटरभन्दा उत्तर भेलौजी क्षेत्रमा डल्फिनको फोटोसमेत खिचेको बताए । उनका अनुसार दुम्किवासदेखि दक्षिणको सुनसान र फराकिलो भेलैजीमा डल्फिन देखिएको हो । गणकले काम सकेर शनिबार डल्फिन देखिएको रिपोर्ट दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)