मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री थापाको स्थानमा उपनिर्वाचनको तयारी थाल्दै आयोग

nayapatrikadaily.com · Mon Apr 19 00:27:00 GMT 2021

गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै निर्वाचन आयोगले उपचुनावको तयारी थालेको छ । आयोगका पदाधिकारीले आइतबार यसबारे छलफल गरेका छन् ।

पदावधि ६ महिनाभन्दा बढी रहँदै राष्ट्रिय सभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्र चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । ‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले रिक्त सदस्यको पद यो ऐनबमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ,’ राष्ट्रिय सभा निर्वाचन ऐन, २०७५ को दफा ६१ मा भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)