मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशको शिर निहुराइन उपसभामुख रानाले, राजीनामा दिने कि महाभियोगको सामना गर्ने?

barnanmedia.com · Fri Jul 19 21:33:11 UTC 2024

संवैधानिक पदमा बसेर उपसभामुख इन्दिरा रानाले देशको शिर निहुराउने काम गरेकी छन्।

उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेकी हुन्। संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रको २०७९ को फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा भएको थियो। यो कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग कुनै साइनो नभएका चार पुरुष र एक महिलालाई आफूसँगै लग्न प्रक्रिया अघि बढाइएकी थिइन्। उनले भिसाको अन्तर्वार्ता छिटो सारिदिन अमेरिकी दूतावासलाई उपभामुखको लेटरप्याडमा पत्र लेखेकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)