मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धनगढीमा डिसहोम फाइबरनेट सोरुम उद्घाटन

abhiyandaily.com

काठमाडौं (अस) । धनगढीको चटकपुरमा डिसहोम फाइबरनेट सह–वितरकको सोरुम उद्घाटन गरिएको छ । डिसहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउन सोरुम सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ ।

श्रीकृष्ण इन्टरप्राइजेजले सोरुम सञ्चालन गर्नेछ । सोरुम उद्घाटन डिसहोमका सेल्स अफिसरद्वय कमल रिमाल र लक्ष्मीराज जोशीले गरे । लामो समयदेखि कम्पनीसँग सहकार्य गरी डिसहोमको डिटिएच सेवा ग्राहकमाझ पुर्‍याउँदै आएको श्रीकृष्ण इन्टरप्राइजेजले अब डिसहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)