मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डेविडको आक्रामक ब्याटिङमा राजस्थानविरुद्ध मुम्बईको सानदार जित

farakdhar.com · Mon May 01 00:44:13 GMT 2023

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । राजस्थानले दिएको २ सय १३ रनको बलियो लक्ष्य घरेलु टोली मुम्बईले १९.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

उसका लागि सूर्यकुमार यादवले २९ बलमा ८ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५५ रन बनाए । अस्ट्रेलियन अलराउन्डरद्वय टिम डेविड र क्यामरुन ग्रीनले पनि उत्कृष्ट पारी खेले । १४ बलको मात्र सामना गरेका डेविडले ५ छक्का र २ चौकासहित अविजित ४५ रनको योगदान दिए । ग्रीनले २६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४४ रनको इनिङ खेले ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)