मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रुसबाट भारतमा कच्चा तेल आयात १.६४ मिलियन ब्यारेल पुग्यो

aarthiknews.com · Mon Apr 10 00:10:00 GMT 2023

एजेन्सी । रुसबाट भारतमा कच्चा तेलको आयात बढेर १.६४ मिलियन ब्यारेल प्रतिदिनको नयाँ उच्च पुगेको छ। यसरी रुसबाट भारतको तेल आयात इराकको तुलनामा दोब्बर भएको छ । ऊर्जा कार्गो ट्र्याकर भोर्टेक्साका अनुसार रसिया लगातार छैठौं महिनामा भारतको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता रह्यो।

भारतको कच्चा तेल आयातको एक तिहाइभन्दा बढी रुसले ओगटेको छ। फेब्रुअरी २०२२ मा रूस-युक्रेन युद्ध सुरु हुनु अघि, भारतको कच्चा तेल आयातमा रूसको बजार हिस्सा १ प्रतिशतभन्दा कम थियो। मार्चमा रुसबाट भारतको कच्चा तेलको आयात बढेर १.६४ मिलियन ब्यारेल प्रतिदिन पुगेको छ । भारतको आयातमा रुसको हिस्सा ३४ प्रतिशत पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)