वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा राजस्थान ७ विकेटले विजयी
nepalviews.com · Wed May 20 00:22:26 GMT 2026

काठमाडौं । युवा ब्याटर वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्समाथि ७ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । मंगलबार भएको उच्च स्कोरको खेलमा लखनउले दिएको २२१ रनको विशाल लक्ष्य राजस्थानले ५ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानको जितमा नायक बनेका वैभव सूर्यवंशीले मात्र ३८ बलमा १० छक्काको सहयोगमा ९३ रनको योगदान दिए । उनलाई मध्यक्रमका ब्याटर ध्रुव जुरेलले बलियो साथ दिएका थिए । जुरेल ३८ बलमा ५३ रन बनाउँदै अविजित रहे भने ओपनर यशस्वी जैसवालले २३ बलमा ४३ रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)