मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआईसी एशिया बैङ्कद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

hamrakura.com · Sat Apr 11 00:00:00 GMT 2026

कैलाली। एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बर्दगोरिया गाउँपालिका वडा नम्बर २, कैलालीस्थित असहायका लागि सहयोगी हातहरू नेपाल (सहारा घर) मा आश्रित व्यक्तिहरूको बसाइ अझ सहज र स्वस्थ बनाउन डाइनिङ टेबल, बेन्चहरूका साथै स्वच्छ खानेपानीको सुविधाका लागि वाटर डिस्पेन्सर प्रदान गरेको छ।

बालबालिका, महिला, शारीरिक रूपमा विशेष क्षमता भएका तथा पाका उमेरका व्यक्तिहरूसहित ९७ जनालाई आश्रय दिइरहेको यस संस्थाका लागि बैङ्कका सर्कल हेड–धनगढी दीपक विष्टले संस्थाका अध्यक्ष बलबहादुर विष्टलाई उक्त सामग्रीहरू मिति २०८२ चैत्र २६ गते एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)